काठमाडौँ: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ६१.२७ अंक घटेर २७५८.४८ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। यस दिन २३३ कम्पनीको ७३ हजार ६९३ पटकको कारोबारमा ६ अर्ब ५० करोड १ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबैको परिसूचक घटेको छ। यस दिन सो उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.८९ प्रतिशत घटेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको ४.३ प्रतिशत, लगानीको परिसूचक ३.३८ प्रतिशत र व्यापारको ३.१५ प्रतिशत घटेको छ। होटल तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै यस दिन फरवार्ड कम्यूनिटीको यस दिन ३१ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बजार ओरालो लागेपनि यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य भने १० प्रतिशत बढेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १३१ रुपैयाँ ७० पैसा बढेर १ हजार ४४८ रुपैयाँ ९० पैसा पुगेको छ। त्यसैगरी, यस दिन मैलुंग खोला जलविद्युतको शेयरमूल्य ६.०३ प्रतिशत बढेर २०५.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन आईसीएफसी फाइनान्सको शेयरमूल्य सर्वाधिक ८.९८ प्रतिशत बढेको छ। त्यसैगरी, घलेम्दी हाइड्रोपावर, मल्टीपर्पस फाइनान्स, बेष्ट फाइनान्स, माउन्टेन हाइड्रो नेपाल, गुडविल फाइनान्स, सिंगटी हाइड्रो र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version