काठमाडौं । अघिल्लो सरकारले ल्याएका विभिन्न तीन अध्यादेशलाई देउवा सरकारले निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शपथसम्बन्धी अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, पहिलो संशोधन) अध्यादेश २०७८ लाई प्रतिस्थापन विधेयकमार्फत अघि बढाएको ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यी तीनवटा प्रतिस्थापन विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version