काठमाडौँ:
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्यका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठक बिहीबार बिहान १० बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

बैठकमा संसदमा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गत भदौ २३ बाट सुरु भएको संसद अधिवेशन अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अवरुद्ध गर्दै आएको छ।

एकीकृत समाजवादीको दर्ता प्रक्रिया सुरु भएपछि एमालेले १४ सांसदलाई पदमुक्त गर्नका लागि संघीय संसदमा निवेदन दर्ता गराएको थियो। तर, सभामुख अग्निप्रसाद सापकोटाले सूचना नै टाँस नगरी पार्टी विभाजनमा साथ दिएको एमालेले आरोप लगाउँदै आएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version