काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको पीसीआर रिपोर्ट निगेटिभ आएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो (बुधबार) त्रिवि शिक्षण अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री नेपालको आज गरिएको परीक्षण रिपोर्ट निगेटिभ आएको अस्पतालले जनाएको छ।

नेता नेपाल सामान्य ज्वरो, वान्ता आउने, पेटमा गडबढी, छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

उनको ‘इलेक्ट्रोलाइट सोडियम लेभल’ मा सुधार आएको, शरीरको तापक्रम, रक्तचाप सामान्य रहेको तथा सिजनल भाइरल फिभर सम्बन्धी उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जारी गरेको बुलेटिनमा उल्लेख छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version