काठमाडौँ: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना अर्को एउटा खराब प्रदर्शनबाट गुज्रिएको छ ।

फरवार्ड लियोनल मेस्सी बाहिरिएसँगै संकटमा फसेको बार्सिलोनाले शनिबार रातिको खेलमा अर्को एउटा खराब नतिजा बेहोर्‍यो ।

शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई २-० ले हराएको छ ।

एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे । जितसँगै एट्लेटिको ८ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको बार्सिलोना दशौँ स्थानमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version