काठमाडौँ: आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version