काठमाडौँ: बितेको २४ घण्टामा देशभर १०३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै बितेको २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन् ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ । यस्तै हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ७० हजार २२४ जना निको भएका छन् । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version