काठमाडौँ: शेयर बजारमा निरन्तर गिरावट आएपछि नेपाल इन्भेष्टर फोरमले पाँच बुँदे माग अघि सारेको छ। फोरमले सोमबार विज्ञप्ति जारी गर्दै पाँच बुँदे माग राखेको हो।
लानीकर्तामैत्री नीति नियम नभएकै कारण शेयर बजारमा निरन्तर गिरावट आएको भन्दै शेयर बजारमा विश्वसनीयता बढाउनको लागि उक्त मागहरु अघि सारेको फोरमले जनाएको छ।
फोरमले केन्द्रीय बैंकले ल्याएको शेयर धितो कर्जाको सीमा खारेज गर्नुपर्ने,नयाँ ब्रोकर थप्नुपर्ने, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख यथाशीघ्र नियुक्त गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन्।
Facebook Comments Box
