काठमाडौं: नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लागेको छ । बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै यी चार वस्तुमा आयात रोकेको जनाएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुरोध गरेको जनाउँदै राष्ट्र बैंकले यस आर्थिक वर्षका लागि यी चार वस्तुको आयातमा कोटा निर्धारण र इजाजत प्रदान नभएकाले आयात गर्न कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।

इजाजत प्रदान नभएकाले ती बस्तुको आयातका लागि बैंकिङ तथा भुक्तानी सम्वन्धी प्रक्रिया अघि नबढाउन राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

यसअघि केराउ, सुपारी, छोकडा र दाना मरिचको आयातमा सरकारले परिमाणात्मक बन्देज लगाउँदै निश्चित कोटा छुट्याएको थियो ।
असार मसान्तसम्म जहाज ढुवानी भइसकेका र एलसी खोलिसकेको अवस्थामा भने ती वस्तु नेपाल ल्याउन पाइनेछ ।

आयात यही दरमा बढ्दै गएको र रेमिट्यान्सको आप्रवाहमा कमी आउने अवस्था देखिएकाले राष्ट्र बैंकले यस्तो चलाखी गरेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version