काठमाडौँ: मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।

अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात् ९० करोड रुपैयाँको आइपिओ खुला गरिएको हो। त्यसमध्ये मध्यभोटेकोशी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ।

त्यस्तै म्यूचुअल फण्डहरूका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् सेयर भर्न सक्नेछन्।

कम्पनीले यसअघि नै आयोजना प्रभावित र जिल्लाबासीका लागि खुलाइएको आइपिओ बाँडफाँट गरिसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version