काठमाडौँ : नेपाली रुपैयाँ इतिहाँसकै कमजोर भएको छ । केन्द्रीय बैंकले शुक्रबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११३.४९ पैयाँ र खरीद दर ११२.४९ रुपैयाँ तोकेको छ जुन नेपाली रुपैयाँ डलरसामू हालसम्मकै कम हो ।

बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असरपर्न गर्न थालेको छ ।

अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो ।

अमेरिकामा डलरको माग बढी हुँदा बिकशित मुलकबाट डलर अमेरिकामा जाँदा डलर मजबुत हुन गएको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउछन् ।

अमेरिकी सरकारले लगानीमा सरल र करमा लचिलो नीति लिएका कारण लगानीकर्ताहरु अमेरिकामा लगानी गर्न आकर्षित हुन गई त्यहाँ डलर प्रबाह हुन गएको उनको भनाइ छ ।

अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा अझै बढ्दै जाने संकेत देखिएको हो ।

उनले भने- ‘डलरसंग भारतीया रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा परेको हो । अहिले बिदेशी लगानीकर्ताहरु भारत लगायत अन्य देशबाट लगानी झिकीरहेका छन । त्यसैले डलर मजबुत हुदै गएको हो ।’

अन्तर्रराष्ट्रियबजारमा कच्चातेलको मूल्यमा गिरावट आउनु, सुनको मूल्य घट्नुले पनि लगानीकर्ताले डलरमा लगानी बढाउदा डलरको माग बढ्नगई डलर मुजबुत भएको उनले बताए ।

नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई नोक्सानी हुन्छ ।

अमेरिकी डलर महँगो हुँदा नेपालमा मूल्य बृद्धि बढ्न जान्छ। निर्यातभन्दा आयातको आकार कयौं गुणा ठूलो भएकाले व्यापार घाटा समेत बढ्न जान्छ।

यधपी डलर मजबुत हुँदा नेपालको विप्रेषण आयमा भने सुधार आउने अर्थाशात्री अधिकारीले बताए ।

उनले भने नेपालमा निर्यातजन्य बस्तुको उत्पादन बढाई निर्यात बढाउनसके यसबाट फाईदा लिन सकिने उनको भनाइ छ ।

पेट्रोलियम पदार्थ महँगिन गई त्यसले यातायात, पूर्वाधारहरुको निर्माण लागत समेत महँगो पर्न जानेछ।

नेपाल आयल निगमका प्रबक्ता बिरेन्द्र गोइतका अनुसार नेपाली रुपैयाँ कमजोरहुँदा पेट्रोलियम पदार्थ आयातमा धेरै नेपाली रुपैयाँ खर्च हुन गएको छ ।

उनले भने-” अन्तर्रराष्ट्रिय बजारमा कच्चातेलको मूल्यमा गिरावट आएपनि नेपाली रुपैयाँ कमजोर हुँदा हामीले पेट्रोलियम पदार्थ आयात गर्दा धेरै रकम तिर्नु पर्ने छ जसले गर्दा निगमको आर्थिक अवस्थामा असर पर्न जान्छ ।”

प्रति डलर नेपाली एक रुपैयाँ फरक पर्दा निगमको पेट्रोलियम पदार्थ आयात गर्दा महिनामा १५ करोड रुपैयाँ बढी खर्च हुने गोइतले बताए ।

सुन ब्याबसायी तेज रत्न शाक्यका अनुसार नेपाली रुपैयाँ गिरावट आउँदा जनताले प्रति तोला कम्तिमा दुई हजार रुपैयाँ बढी तिर्नुपर्ने
छ ।

अन्तर्रराष्ट्रिय बजारमा सुनको मूल्य घटेपनि रुपैयाँ कमजोर हुँदा सुनको मूल्य घट्न नसकेको उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version