काठमाडौँ:
नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ
केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय लिएको हो।
माओवादीले बोधमाया यादवलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय लिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन्।
पाँच दलीय गठबन्धनमा चार दलका लागि मंगलबारै मन्त्रीको भागबण्डा भइसकेको छ। यस्तोमा माओवादीले पाँच मन्त्रालय पाएको छ।
Facebook Comments Box
