काठमाडौँ: सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सिभिल सहकारी मार्फत बचतकर्ताको झण्डै एक अर्ब रुपैयाँ ठगी गरेको उजुरी सीआईबीमा परेपछि प्रहरीले सिभिल ग्रुप अन्तर्गत सहकारीका अध्यक्षसमेत रहेका पूर्व सभासद तामाङसहित सञ्चालकहरु केशवलाल श्रेष्ठ, विजय विक्रम शाहलगायत १२ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।

उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ । १ सय ३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको प्रहरीको भनाइ छ ।

सीआईबीको टोलीले तामाङसहित १२ जनालाई गत बुधबार राति पक्राउ गरेको थियो । गत मंगलबार ठगी आरोपमा उनीहरुविरुद्ध सीआईबीमा उजुरी दर्ता भएको थियो । सोही आधारमा उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version