काठमाडौँ: लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याएको छ। सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ।
प्रतिशतका आधारमा कुल बजेटको ३३ दशमलव ३१ प्रतिशत चालु खर्चतर्फ र ५४ दशमलव ८७ प्रतिशत पुँजीगत खर्चतर्फ रहेको छ।

त्यसबाहेक ११ दशमलव ८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको मन्त्री खड्काले बताए ।

बजेट प्रस्तुत गर्दा प्रतिपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्य भने उपस्थित थिएनन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version