काठमाडौँ:
नेपाली काँग्रेसको महाधिवेशन मिति सर्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा महाधिवेशनको मिति सार्ने सहमति भएको हो ।

काँग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको छ । तर ५ जिल्लामा क्रियाशील सदस्य विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशनसमेत सुरु हुनसमेत नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित मिति केही पर सार्ने समझदारी भएको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्नेगरी कुराकानी भएपनि निर्णय भने हुन बाँकी छ । काँग्रेसको हालसम्म ८ जिल्लामा तल्लो तहको अधिवेशन समेत हुन सकेको छैन ।

काँग्रेसले दसैँअघि क्रियाशिल सदस्य विवाद टुंगो लगाउने र हालसम्म अधिवेशन हुन नसकेका जिल्लामा सो अवधिमा सुरुवात गर्ने तयारी गरेको छ । बुधबारसम्म काँग्रेसको ११ जिल्लाको अधिवेशन सकिएको छ भने दसैँअघिसम्म हिमाली जिल्लाका अधिवेशन सक्याउने लक्ष्य छ । यस्तै तिहारसम्ममा जिल्लाको सबै अधिवेशन सक्ने र प्रदेशको पूर्वनिर्धारित समयको अधिवेशन केही पर सार्नेगरी पनि नेताहरुबीच छलफल भएको छ ।

बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौलालगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version