एजेन्सी:
पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा क्वेटा सहरका मानिसहरू भूकम्पपछि सडकमा बसिरहेको देख्न सकिन्छ । प्रारम्भिक रिपोर्टका अनुसार भूकम्पको तीव्रता ५.७ रेक्टर स्केलको रहेको थियो ।

सरकारी अधिकारीहरूले भवनहरू भत्किँदा मानिसहरूले ज्यान गुमाएको बताएका छन् । स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा १५० जना घाइते रहेका छन् । धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version