काठमाडौँ:
सन् २०२३ को डाइभर्सिटी भिसा (डीभी) को लागि बुधबार रातिदेखि आवेदन दिन सकिने भएको छ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार राति ९ः४५ बजेदेखि कात्तिक २३ सम्म डीभी चिठामा सहभागिता जनाउन चाहनेले आवेदन दिन सक्नेछन्। डीभी भर्नेले अनिवार्य पासपोर्ट नम्बर पनि भर्नुपर्नेछ।

अमेरिकी राजदूतावासले डीभी भर्नुअघि निम्न कुरामा ध्यान दिन आग्रह गरेको छ–

१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।
३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।
५. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।
डीभी आवेदन निःशुल्क र आफैँले पनि भर्न सकिनेछ।

अमेरिकामा बसाइ सर्ने दर कम भएका देशका नागरिकलाई यो कार्यक्रमको लागि योग्य मानिएको छ।

डीभी भर्नेले कम्तीमा उच्च शिक्षा वा सोही बराबरको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। काम गर्ने आवेदक भए कम्तीमा दुई वर्ष काम गरेको अनुभव प्रमाणपत्र पेस गर्नुपर्नेछ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version