काठमाडौँ:
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीहरूको शपथ हुने बताएका छन्।
आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट बिहीबार बिहान एक नयाँ टेलिभिजनको उद्घाटन समारोहमा आज शपथ कार्यक्रम हुने सम्भावना रहेको बताएका हुन्।
टीभी पञ्चली एट.के को उद्घाटन समारोहमा प्रचण्डले भने, ‘‘आज शपथ ग्रहण हुन्छ होला, क्याबिनेटले पूर्णता पाउँछ होला।’
यस क्रममा आफूले आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी पनि दिए।
पार्टीबाट बनाउनुपर्ने मन्त्रीको नाम टुंगो लगाइसकेका छैनन्। यस्तै जनता समाजवादी पार्टी पनि बिहानैदेखि मन्त्री छान्न छलफलमा जुटेको छ।
