काठमाडौँ:

माल्दिवसमा जारी साफ च्याम्पियनशिप फुटबलमा विहीबार भएको भारत र श्रीलंकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यससंगै अंक तालिकामा दुवै खेल बराबरी खेलेकोले भारतको २ अंक मात्रै छ  भने उसको फाइनल पुग्ने सम्भवन लगभग सकिएको छ।

नेपाल तालिकाको ६ अंक सहित शिर्ष स्थानमा छ भने आज भएको श्रीलंका र भारतको बराबरी खेलले नेपाललाई फाइनलको ढोका खोल्न झनै सहज भएको छ।

अहिले बंगलादेश र आयोजक मल्दिब्सबीच खेल भैरहेको छ। अंक तालिकाको दुई शिर्ष टोलि फाइनल पुग्ने छ। नेपालले भारतसँग भने यही अक्टोबर १० तारिखमा खेल्ने छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version