काठमाडौँ:
काठमाडौँ महानगरपालिकाले आजदेखि १८ वर्षमथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिँदैछ।
यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका केन्द्र र केही थप गरिएका केन्द्रबाट आजदेखि यही असोज २४ गतेसम्म १८ वर्षमाथिको सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने महानगरपालिकाले जनाएको छ।
दसैँ सहितका चाडपर्वमा बढ्न सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए।
महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले खोप लगाउन सक्नेछन्।
