काठमाडौँ:

नेकपा एमालेको कन्द्रीय सदस्य पद त्यागेर भानुभक्त जोशी एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमालेका केन्द्रीय सदस्य सूर्य थापाले टिप्पणी गरेका छन्।

नेता जोशी एमाले त्याग्दै बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन्।

​एकीकृत समाजवादीमा प्रवेश गरेका एमाले केन्द्रीय सदस्य भानुभक्त जाेशीले के लेखेका छन् राजीनामा पत्रमा?

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका थापाले नेता जोशीले एमालेमा नरहने संकेत एमालेको केन्द्रीय कमिटीको पछिल्लाे बैठकमै दिएको उल्लेख गरेका छन्।

नेता जोशीलगायत केही सदस्यले १० बुँदे कार्यान्वयनमा जोड दिँदा बहानाबाजी मात्रै बनाएको दाबी पनि थापाले गरेका छन्।

‘भानुभक्त जैसी, वल्लो घरको नरे पल्लो घरमा सरे शैलीमा बसाइ सरेछन्’, शुक्रबार बिहान थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केन्द्रीय कमिटीको पछिल्लो बैठकमा उनले छनक दिएका थिए, अब एमालेमा रहँदैनन्! यीलगायत केही सदस्यहरूले १० बुँदे कार्यान्वयनमा जोड दिँदा प्रयोग गरेको भाषा अचम्मको थियो– बहानाबाजी मात्रै।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version