काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि असोज २३ गते शनिबारबाट सहुलियतमा उपभोक्तालाई बिक्री गर्न थाल्ने भएको छ। खाद्यले यसका लागि पहिलो लटमा दाङ र हेटौंडाबाट खसीबोका आइपुगेको जनाएको छ।

बिहीबार राती र शुक्रबार बिहान कम्पनीको थापाथलीमा बिक्री कक्षमा खसीबोका आइपुगेको हो। कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालका अनुसार दाङ र हेटौंडाबाट पहिलो लटमा कुल ५३० खसीबोका काठमाडौं आइपुगेको छ।

खाद्यले आज शुक्रबारबाटै सहुलियत दरमा खसीबोकाको बिक्री थाल्ने योजना बनाएको थियो। तर लामो बाटोबाट ल्याइएका हुनाले एक दिन राखेर मात्र बिक्री गर्न लागेको जनाएको छ। यसका साथै शनिबारबाट बेच्न थाल्ने भनिएको खसीबोकाको मूल्य अहिलेसम्म निर्धारण गरिसकेको छैन। यसकारण पनि आज मूल्य तय गरेर शनिबारदेखि मात्र बिक्री गर्ने भएको खनालले बताए।

बजार मूल्यभन्दा किलोमा सय रुपैयाँ सस्तो

खाद्य कम्पनीले उपभोक्तालाई बिक्री गर्ने खसीबोका बजार मूल्यभन्दा किलोमा कम्तिमा एक सय रुपैयाँ सस्तो पर्ने कम्पनीले बताएको छ।
मासु बिक्रेताहरुको व्यावसायिक संगठनले जिउँदो खसीबोका प्रतिकिलो ७३० रुपैयाँका दरले बिक्री गर्नेगरी मूल्य निर्धारण गरेको छ।

यस्तै आइतबारदेखि बिक्री थाल्ने बताएको चौपाया खरिद बिक्री संघले पनि जिउँदोमा किलोको ६५० तोकेको छ। १० रुपैयाँ छुट दिइने भएकाले प्रतितकोलो ६४० मा पाइने जनाइएको छ।

सरकारले चाडपर्व लक्षित सरकारी संस्थानलाई खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैयाँ अनुदान दिने भएको छ। कम्पनीले यो वर्ष दसैंमा दुई हजार खसीबोका बिक्री गर्ने भएको छ। जसमा हेटौंडाबाट १२ सय र दाङबाट ८ सयवटा खसीबोका खरिद गरेको कम्पनीले जानकारी दिएको छ। तर यति परिमाणले नपुगे वा उपभोक्ताबाट माग धेरै आए कम्पनीले थप खसीबोका पनि आपूर्ति गर्ने बताएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version