काठमाडौँ: नवनियुक्त मन्त्रीहरूले आज सपथ लिएका छन्। शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ खुवाएकी छन्।

साथै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन्।

प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषदलाई आज पूर्णता दिएका थिए। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले मन्त्री नियुक्त गरेका थिए। देउवाले सांसद नरहेका गजेन्द्र हमाललाई पनि मन्त्री बनाएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version