काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २२ जना मन्त्रिपरिषद् सदस्यहरु सम्मिलित पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक शुक्रबार सिंहदरबारमा बसेको छ।

मन्त्रिपरिषद् बैठकमा नवनियुक्त १६ मन्त्रीहरु र यसअघि मन्त्री भएका ६ जनासहित २२ जनाले उपस्थित जनाएका थिए ।

शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएपछि मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् । मन्त्रिपरिषद् बैठकलगत्तै नवनियुक्त मन्त्रीहरुले आआफ्नो मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version