काठमाडौँ: खाद्य थाल्यो खसीबोका सहुलियत दरमा बिक्री, छुटसहित प्रति केजी ६ सय ४०काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकाका लागि दसैंलक्षित खसीबोका बिक्री शनिबारदेखि सुरु गरेको छ।

कम्पनीले पहिलो लटमा ५ सय ३२ वटा खसीबोका ल्याएर थापाथलीबाट बिक्री सुरु गरेको हो।

यो वर्ष खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ तोकिएको छ।

यसमा उपभोक्तालाई प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा बिक्री गर्ने कम्पनीका नायब महाप्रबन्धक श्रीमणी खनालले बताए। ‘पहिलो लट आयो, अरु पनि खसीबोका आउँछ,’ उनले भने।

यसपटक पोहोरको मूल्यका तुलनामा खसीबोका प्रतिकेजी एक सय रुपैयाँ महंगो छ। पहिले प्रतिकेजी ५ सय ५० रुपैयाँमा बिक्री भएको थियो। अहिले खरिद मूल्य नै महंगो भएकाले बिक्री मूल्य बढेको उनको भनाइ छ। उपभोक्ताले सहुलियत पसलमार्फत प्रतिव्यक्ति एउटा/एउटा खसीबोका किन्न पाइने कम्पनीले जनाएको छ ।

कम्पनीले यो वर्ष पनि खसीबोकामात्र बिक्री गर्न लागेको छ। च्याङग्राको मूल्य स्थानीय तहमा महंगो भए पनि खसीबोकाको परिमाण बढाएर बिक्री गरिने भएको छ। जसमा कम्पनीले २ हजार देखि २५ सयवटासम्म खसीबोका बिक्रीको योजना बनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version