परासी: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकताविहीन मधेसी नागरिकको समस्या केही हप्तामा नै समाधान हुने बताएका छन् । आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा संसद्‌मा दर्ता गराएको नागरिकता विधेयक एमालेका अध्यक्ष केपी ओलीको कारण रोकिएको आरोप लगाउँदै अब संसद्‌बाट नागरिकता विधेयक पास हुने बताए ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

हिन्दीमा भाषण गरेका पूर्वप्रधानमन्त्री रहेका दाहालले मधेससँग आफ्नो पुरानो प्रेम रहेकाले मधेमा विद्यमान नागरिकता र भूमिहीन समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एमाले अध्यक्ष केपी ओलीको कारण रोकिएका विधेयक, विकास निर्माणका काम वर्तमान गठबन्धनको सरकारले पूरा गर्ने उनको भनाइ थियो ।

वर्तमान सरकारले चुनाव अगाडि नै भूमिहीन र सुकुम्बासीले जग्गा प्राप्त गर्ने भन्दै वर्तमान गठबन्धनको सरकारले जनचाहनाअनुसार काम गर्ने बताए । पाल्हिनन्दन गाउँपालिकाले १० करोडको लागतमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version