काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन्।

गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रमलगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन्।

देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएपछि पहिलोपटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लागेका हुन्।

आज बिहान प्रधानमन्त्री देउवा पोखरा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आज पोखरामा कांग्रेस कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version