काठमाडौँ:
मनसुन (वर्षा यामको मौसम प्रणाली) नेपालबाट सोमबार बिदा भइसकेको छ। मौसमविद्का अनुसार मनसुन बाहिरिनुपर्ने औसत मिति यही अक्टोरबरको २ तारिख नै भए पनि ९ दिन ढिला गरी मनसुन सोमबार देशका सबै क्षेत्रबाट हटेको हो।
–पूरै देशबाट बाहिरियो मनसुन
अहिले हाम्रो देशमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) मौसम सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य (आकाशको अधिकांश भागमा बादल, थोरै मात्र खाली) बदली छ भने बाँकी स्थानमा मौसम आंशिक (आकाशको थोरै भागमा मात्र बादल, अरू खाली) बदली छ।
Facebook Comments Box
