काठमाडौँ:
माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिपको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो ।

पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । खेलको ८९औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले साफमा समूह चरणको खेलमा चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

निकै बलियो टिम मानिएको भारतलाई विरुद्ध गोल गर्न नेपाललाई निकै हम्मे हम्मे पर्यो । नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । फाइनल खेलमा भारतसँग पराजय भएसँगै नेपाल उपविजेतामा सिमित भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version