काठमाडौँ:
अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ। ८४ वर्षीय पावेलको कोरोना संक्रमणका कारण निधन भएको हो । सन् २००० मा जर्ज डब्ल्यू बुसको नेतृत्वको सरकारमा पावेल अमेरिकाको विदेशमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

सोमबार एक विज्ञप्ति जारी गर्दै पावेलको परिवारले निधनको पुष्टि गरेको छ । पावेलले सन् २००२ को जनवरीमा नेपालको भ्रमण गरेका थिए । उनी नेपाल भ्रमणमा आउने एकमात्र बहालवाला अमेरिकी विदेशमन्त्री हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version