काठमाडौँ: नेपालमा थप ६ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ सय ६२ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ८ हजार ४ सय २६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
सात हजार २२ जनाको पिसिआर परीक्षण र १४०४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ११ हजार ५७९ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २७० पुगेको छ।
७५८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा २५३ थपिएका छन्। जसमध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ संक्रमित छन्।मन्त्रालयका अनुसार अहिले मुगु र मुस्ताङमा शून्य संक्रमित छन्।
