काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपकारी नीतिलाई स्वागत गरेको छ । राष्ट्र बैंकले निक्षेपको ब्याजदर नियन्त्रणको लागि परिपत्र गरेको बिषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

चेम्बरले बिहीबार एक विज्ञप्ति जारी गर्दै वित्तिय प्रणालीमा तरलताको अभावको समस्या चुलिए पछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको स्वागत गरेको हो ।

‘गत महिनाहरुमा बैंकहरुले दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने भनि दिएको निर्देशन स्वागत योग्य रहेको छ।’ चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको सिसिडी अनुपात ८५ प्रतिशतलाई खारेज गरी सिडी अनुपात ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्नगई बैंकहरुको ब्याजदर समेत बढेको चेम्बरको बुझाई छ । तत्कालै पुरानै ब्यवस्था अनुरुप सिसिडि अनुपात न्यूनतम ८५ प्रतिशत कायम हुनुपर्ने चेम्बरको धारणा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version