काठमाडौँ: बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल आज (शनिबार) देखि सञ्चालनमा आउँदै छ।

विमानस्थलको धावनमार्गमा बाढी पसेपछि विगत तीन दिनदेखि विमानस्थल बन्द थियो। जमेको पानी सुक्दै गएपछि आजबाट विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो। अब तत्कालका लागि भीएफआर उडान मात्र हुने प्राधिकरणले जनाएको छ।

उपकरणहरुको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ। दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । हाललाई विराटनगर विमास्थलबाट रात्रिकालीन उडान हुनेछैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version