काठमाडौँ: सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी भएको छ । आइतबार राति २ बजे धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी भएको हो । इलेक्ट्रिक सट भएर ना ६ प १४७१ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार बसको अधिकांश भाग जलेको र बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन् । यात्रुबाहक बस आगलागीमा मानवीय क्षति भएको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version