काठमाडौँ: बाढीपहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नम्बर १ का जिल्लाहरूमा जाने भएका छन्।

बाढीपहिरो तथा डुबानले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज इलामलगायत प्रदेश नम्बर १ भित्रका जिल्लाहरू जाने कार्यक्रम छ।

प्रधानमन्त्री सुनसरी, मोरङ, इलाम र पाँचथरलगायत ठाउँ पुगेर बाढीपहिरो तथा डुवान प्रभावितहरूसँग भेट्ने कार्यक्रम छ। आज बिहान ८ बजे बाढी प्रभावित क्षेत्र गएर आजै साँझ काठमाडौं फर्किने कार्यक्रम छ।

प्रधानमन्त्रीसँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरू पनि प्रदेश नम्बर १ को बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षणका लागि जाने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवा बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गरेर फर्किएका थिए। सरकारले तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार दिने बताएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version