काठमाडौं: कोभिड प्रभावितलाई १० हजार बाँड्ने कार्यविधि स्वीकृत भएको छ। अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले सोमबार कार्यविधि स्वीकृत गरेको हो।

मन्त्रालयले यसअघि पठाएको प्रस्तावमा सुधार गर्नुपर्ने भन्दै फिर्ता पठाएको थियो। थप परिमार्जन सहित पठाइको प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको हो।

यो कार्यक्रमको लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रतिस्थापन विधेयकमा असोज १५ गते नै प्रभावित परिवारलाई रकम बाँड्ने भनिएपनि कार्यविधि तयार नहुँदा रोकिएको थियो।

यो कार्यक्रमा विशेषगरी कोभिड महामारीबाट रोजगारी गुमाएका कुनै पनि सामाजिक सुरक्षाले नसमेटेका घरपरिवार समेटिने छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version