काठमाडौँ:
कोरोना महामारीका सुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिक रूपमा यो खुला गरेको छ।

मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेलसियाका गृहमन्त्री हमजाह जैनउद्दिनले विदेशबाट श्रमिक ल्याउन इच्छुक जो रोजगारदाताले सबै खर्च बेहोर्नुपर्ने बताए।

उनले भने, ‘यो खर्चमा लेबी भुक्तानी र क्वारेन्टाइनको खर्चसमेत जोडिएको छ।’

काठमाडौंस्थित मलेसियाली दूतावासले पनि नेपाली श्रमिक लाने बाटो खुलाइएको जानकारी दिएको छ।

कोरोना महामारी सुरु भएपछि मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लान बन्द गरेको थियो।

अहिलेको नयाँ व्यवस्थाअनुसार मलेसिया पुगेपछि श्रमिक सरकारी अनुमति प्राप्त क्वारेन्टिनमा ७ दिन बस्नुपर्नेछ। यस्तै क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै श्रमिकले प्रवेश गर्न पाउनेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version