काठमाडौँ: पछिल्ला केहि दिन यता शेयर बजार परिसूचक नेप्से निरन्तर उकालो लागेपछि कारोबार रकममा समेत क्रमिक सुधार आउन थालेको छ । सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि शेयर बजारले सकारात्मक लय समातेको छ।

अल्पकालिन कारोबारीहरु सक्रिय हुँदा सूचकमा उतारचढाब देखापरे पनि द्धिर्घकालिन लगानीकर्ताहरु हाबी हुँदै गएपछि बजारको वृद्धि जारी छ ।

गत आइतबारदेखि बढेको बजार बुधबारसम्म आइपुग्दा निरन्तर उकालो लागेको छ । बजारले सुधारात्मक लय समाएपछि कारोबार रकममा समेत क्रमिक सुधार आउन थालेको छ । यसले आगामी दिनमा बजार अझै माथि उक्लने संकेत गरेको एक लगानीकर्ताले बताए ।

बुधबार नेप्से सूचक १८.०६ अंकले बढेको छ । यसदिन ६ अर्ब ६१ करोड रुपैयाँ बढीको शेयर किनबेच भयो । मंगलबार ६ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक बढेको छ ।

यस साताको पहिलो दिन आइतबार नेप्से २७.५१, सोमबार ८३.६३ र मंगलबार ७८.८२ अंकले बढेको थियो । बुधबारको वृद्धिपछि नेप्से परिसूचक २७६९.१३ अंकमा उक्लिएको छ ।

बुधबार नविल बैंकको सबैभन्दा धेरै ४३ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन बेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले बढेको छ । रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version