काठमाडौँ: बाग्मती प्रदेशमा बिहीबार अपरान्ह ३ बजेसम्म नयाँ सरकार गठनका लागि प्रदेश सभाका दलहरुलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नयाँ मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका हुन् ।

अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी गर्न प्रदेशसभाका दलहरुलाई आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै उनले बुधबार राजीनामा दिएकी थिइन् । सत्तारुढ दल एमाले विभाजित भएपछि शाक्य स्पष्ट अल्मतमा परेकी थिइन् ।

केन्द्रीय सत्तारुढ गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेकाले बिहीबार पाण्डे मुख्यमन्त्री बन्ने लगभग निश्चित छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version