काठमाडौँ: बिहीबारसम्म देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६४ जना संक्रमण मुक्त भएका छन् । यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ११ हजार ४०७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ३६९ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ७ लाख ८९ हजार ७८९ जना निको भएका छन् । हाल देशभर कोरोना निको हुनेदर ९७.३ प्रतिशत रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version