काठमाडौँ: बागमती प्रदेशका तीन मन्त्रीले पनि शपथ लिएका छन् । गठबन्धनमा सम्मिलित काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट क्रमशः कृष्णलाल भँडेल, कुमारी मोक्तान र कृष्णप्रसाद खनालले सपथ लिएका हुन् ।

मोक्तानले सामाजिक विकास मन्त्रालय, भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालय र खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रीहरुले सपथ लिनुअघि नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको पदको सपथ लिएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version