काठमाडौँ:
राष्ट्रपति विद्यादेवी भण्डारी आज (आइतबार) लुम्बिनी आउँदैछिन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ह्वाइट जेड स्टोन धातुको बुद्धमूर्ति अनावरण गर्न र लुम्बिनीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आउन लागेकी हुन् ।

राष्ट्रपति भण्डारीले लुम्बिनीमा बज्रयानी विहारको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले विमानस्थलमा बुद्ध मूर्ति आइतबार १ बजे अनावरण गर्ने कार्यक्रम रहेको बताए ।

लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीका अनुसार म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १.९ मिटर लम्बाई र ६० सेन्टीमिटर चौडाई तथा १ हजार ८ सय किलोको छ ।

म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । साढे दुई अर्बको मूर्ति अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार शुल्क नलाग्ने गरी भित्र्याइएको हो ।

राष्ट्रपतिसँगै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण पनि मूर्ति अनावरण कार्यक्रममा सहभागी हुन आउने भएका छन् । उनी बिहानै रूपन्देही आएर तिलोत्तमाको पार्टी कार्यक्रममा सहभागी भएर विमानस्थल जाने कार्यक्रम छ ।

यस्तै बुद्धजन्मस्थल लुम्बिनीमा प्राचिन कलासहितको नेपाली बज्रयानी विहार आजै राष्ट्रपतिबाट उद्घाटन गर्ने कार्यक्रम छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version