काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रयोगशालाहरूले अबदेखि कोरोना परीक्षण (आरटी–पीसीआर) शुल्क १२ सय रुपैयाँभन्दा बढी लिए कारबाही गरिने भएको छ।

विमानस्थलको सञ्‍चालन विभागले आइतबार पत्र पठाई विमानस्थल परिसरभित्र रहेका स्टार अस्पताल, टीजी मेडिसिन डिस्ट्रिब्युटर्स प्रालि, क्रिस्टल डाईग्नोस्टिक प्रालि, अल्फा हेल्थ केयर एण्ड डाइग्नोस्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई विदेशिने यात्रुको कोरोना परीक्षण गर्दा १२ सय रुपैयाँ मात्र लिन अन्यथा कारबाही गरिने चेतावनी दिएको हो।

यसअघि उनीहरूले पीसीआर परीक्षण गर्दा एक जनाबाट २ हजार रुपैयाँसम्म लिने गरेका थिए।

पत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहितले अनुगमन गर्ने क्रममा वीर अस्पतालमा कोरोना परीक्षण गर्दा जम्मा १ हजार २० रुपैयाँ मात्र लिने गरेको तर विमानस्थलस्थित प्रयोगशालाहरूले जथाभावी शुल्क लिने गरेको जनगुनासो आएपछि मन्त्री आलेको निर्देशनबमोजिम अबदेखि १२ सयभन्दा बढी शुल्क लिए कारबाही हुने चेतावनी दिइएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version