काठमाडौँ: तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुका लागि मुख्य चार स्थानमा सरकारले आज (मंगलबार) देखि कोरोनाविरुद्ध खोप अभियान सञ्चालन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको हो। बिहान साढे ७ बजेदेखि सुरु खोप लगाउने क्रम अपराह्न ४ बजेसम्म जारी रहनेछ।

यो अभियान भोलि (बुधबार) सम्म जारी रहने मन्त्रालयले जनाएको छ। खोप लगाउन यात्रुले उमेर खुल्ने परिचयपत्र देखाउनुपर्नेछ।

अहिलेसम्म खोप नलगाएकालाई पहिलो र पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइनेछ। दोस्रो खोप लगाउने यात्रुले भने पहिलो मात्रा लगाएको खोप कार्ड देखाउनेपर्नेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version