काठमाडौं: चितवनको भरतपुर महानगरपालिकास्थिति १३२÷११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउसोबाट विद्युत आपूर्ति बन्द भएको छ ।

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर वदली भइरहेको र छिट्टो भन्दा छिट्टो विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले रातभरी मर्मतको काम गरिने उल्लेख गर्नुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version