काठमाडौँ: काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पटाकासहित एक पक्राउ परेका छन्।

शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ।

उनलाई बुधबार पक्राउ गरिएको हो।

हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version