काठमाडौं: वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनी बुधबार उनी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिए पछि आगामी साधारण सभाले नयाँ नेतृत्व चयन गर्न लागेको थियो । संघको अध्यक्ष पदमा उपाध्यायको मात्र उम्मेदवारी परेकाले साधारण सभाका दिन उपाध्यायलाई संघको नयाँ अध्यक्ष घोषणा गरिने संघको सचिवालयले जनाएको छ ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनी यसअघि संघको उपाध्यक्ष थिए ।

अध्यक्षको औपचारिक घोषणा भने कात्तिक २३ गते गर्ने बताइको छ । संघको उपाध्यक्ष र सदस्यहरुको टुंगो पनि कात्तिक २३ गते लाग्ने बुझिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version