काठमाडौँ:

चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो ।

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकोमा आज बिहान १ बजेदेखि विद्युत आपूति सुरु भएको विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका ट्रान्सफर्मर बदलीका साथै अन्य आवश्यक मर्मतको काम सकेर विद्युत सुरु गरिएको हो ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version