काठमाडौँ: त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको छ।
नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, 9NAHW’ विमान आज साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार आज साँझ ८ ः ३० बजे भएको सो दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । त्यस्तै यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार जहाजमा सवार २१ जना यात्रु सकुलशल छन् ।
विमान नेपालगंजबाट चार्टर्ड भएर आएको थियो।
घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको र जहाज पन्छाउन सुरक्षा निकाय परिचालन भइसकेको छ।
