काठमाडौँ:
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षसहित सबै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

अध्यक्षमा अनिल उपाध्याय चयन भएका छन्। आज सम्पन्न भएको संघको साधारण सभाले उपाध्यायलाई २ वर्षको लागि चयन गरेको हो। उनी कृषि विकास बैंकका सीईओ हुन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबी बैंकका सीईओ सुनिल केसी चयन भएका छन्।

सदस्यमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली, नेपाल एसबीआई बैंकका दीपककुमार द, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसियाका सीईओ रोशनकुमार न्यौपाने र लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाह रहेका छन्।

यस्तै, संघका पूर्वअध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना सल्लाहकार छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version